धनगढी, ९ जेठ । कैलालीमा गुडिरहेको बस नालीमा पसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा पसेको हो।
प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला बसको स्टेरिङ फेल भएपछि अचानक नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुलाई घोडाघोडी अस्पताल लगिएको छ।