धनगढी, ५ जेठ । कञ्चनपुरमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका १८ मा बस्ने शिक्षकलाई करणी आरोपमा समातिएको हो। ती पुरुषलाई घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।