प्रशान्त ऐर
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी उपमहानगरपालिका २ कृष्णनगर मा सादुराम यादवले सँचालन गरेको कबिल किराना पसलमा आगलागी भएको हो ।
आगलागी बुधवार दिउसो दुई बजे विद्युत सट भएर आगो लागेको सँचालक यादवले बताएका छन । आगलागीबाट चाउचाउ, विस्कुट, मारचिस, लगाएतका ५ लाख बराबरका किराना सामान जलेर नष्ठ भएको बताए । दुई घण्टा पछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको बताए ।