धनगढी, ३१ वैशाख । कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा गठबन्धनले अग्रता कायम राखेको छ।पाँच सय मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका खडक रावतले १८८ मत पाएका छन्।
उनलाई एमालेका उम्मेदवार ममता प्रसाद चौधरीले १२५ मतसहित पछ्याइरहेका छन्।यस्तै राप्रपाका उम्मेदवार निरज मल्ल ६९ मतसहित तेस्रो स्थानमा छन।
उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली काङ्ग्रेसकी गुलिया चौधरीले १६६ मत प्राप्त गर्दै अघि छिन्। उनलाई एमालेकी उम्मेदवार करुणा बम बटालाले ११३ मतसहित पछ्याइरहेकी छिन।राप्रपाकी उम्मेदवार लक्ष्मी चौधरीले ५६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन्।