धनगढी, ३१ वैशाख । धनगढी उपमहानगरपालिकाको मतगणना वडा नम्बर १ बाट सुरु गरिएको छ । मतगणनाको पहिलो मत भने बदर भएको छ । स्रोतका अनुसार रुख र आँप चुनाव चिन्हमा हालिएको मत बदर भएको हो । धनगढीमा १९ वडा रहेका छन् ।
धनगढीमा नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा रहेका छन् ।