सुखड, ३१ वैशाख । कैलालीको घोडाघोडी नगरपालिकामा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार खडक रावतले सुरुवाती अग्रता लिएका छन् ।
रावतले २०० मत गन्दा ७६ मत पाएका छन् । भने एमालेका ममताप्रसाद चौधरी ४१ मतका साथ दोस्रो स्थानमा छन् ।यस्तै राप्रपाका निरज मल्ल ३० मत पाएका छन्।
यस्तै उपमेयरमा समेत गठवन्धनकै कांग्रेस नेत्री गुलिया चौधरीले ६७ मतका साथ अगाडि छन् । एमालेकी करुणा बम बटालाले ४१ मत पाएकी छन् ।५२ हजार ४० मतदाता रहेको घोडाघोडीमा ३३ हजार ६४९ मत खसेको छ ।
