काठमाडौँ, ३० वैशाख । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा मतपेटिका नै फुटाइएको छ।चौंरीदेउराली कात्तिके ६ को मतदान केन्द्रमा मतपेटिका नै फुटाइएको हो।निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले विवादपछि खाली मतपेटिका तानातान भएको जानकारी दिए।
‘मतदान भएको पेटिका सुरक्षित ठाउँमा राखिएको छ,’ बस्नेतले भने,‘बाहिर २ वटा खाती मतपेटिका तानातान गरी एउटा केही फुटेको छ।’उनले अहिले कात्तिके देउरालीमा मतदान स्थगित भएको जानकारी दिएका छन्। ‘अहिले मतदान स्थगित भएको छ,’ उनले भने,‘सर्वदलीय बैठक बोलाइएको छ। सहमतिपछि मतदान शुरु हुन्छ।’