बाजुरा,३० वैशाख। बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्रबहादुर विष्टले बताए । थप विवरण आउन बाँकी छ ।
