धनगढी, २९ बैशाख । धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुने जनाइएको छ। धनगढी उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण उम्मेदवारहरुको निर्वाचनका लागि भएको मतदानको मतगणना उक्त भवनमा हुने मुख्य निर्वाचनको कार्यालय कैलालीले जनाएको हो।
मतदान सकिएपछि मतपेटिका प्राप्त भएसँगै उपमहानगरपालिकाको कार्यालय परिसरभित्रको नयाँ भवनमा मतगणना हुने बताइएको छ।