धनगढी, २७ वैेशाख । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका दुई ठाउँमा आज चुनावी सभा गर्दै छ।सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभा गर्न लागिएको कांग्रेसले जनाएको छ।
अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढामा पर्ने लालढुंगामा दिउँसो २ बजे चुनावी सभा गरिने कांग्रेस डडेल्धुराका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए।
चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ।
