धनगढी, २७ वैशाख । कञ्चनपुरका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गरी २७ गते (आज) राति १२ बजेदेखि ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो।
वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ।