धनगढी, २५ वैशाख । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज(आइतबार) कैलालीको धनगढी पुग्ने भएका छन्। सोमबार धनगढीमा आयोजना हुन लागेको वृहत चुनावी सभामा सम्बोधन गर्न उनी आजै धनगढी आउने भएका हुन्।
कैलाली र गृह जिल्ला डडेल्धुरामा एक दिन अगाडि नै उनी बास बस्ने गरि आउन लागेको नेपाली काँग्रेस कैलाली पार्टीले जनाएको छ। देउवा धनगढीस्थित आफ्नै निवासमा बस्ने योजना रहेको बताइएको छ। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेपछि उनी डडेल्धुराका लागि हिड्ने तालिका तय भएको छ।