धनगढी, २४ वैशाख । कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको दुर्घटनामा परी मृत्यु भएको हो।
शुक्रबार खेत जोत्ने क्रममा उनी सवार पावर टेलर ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो। दुर्घटना हुँदा गम्भीर घाइते भएका डगौराको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।