काठमाडौँ,२३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर घरदैलो गरिरहेका छन्।उनी जसपाका पक्षमा मत माग्न शुक्रबार बिहानबाट पार्टीको चुनाव चिन्ह छाता ओढेर घरदैलो गरिरहेका छन्।
भट्टराईले गृहजिल्लामा जारी घरदैलो अभियानको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।‘गोरखामा छाता ओढेर जसपाको छाता चिन्हको प्रचार र घरदैलो अभियान’ उनले तस्बिरसँगै फेसबुकमा लेखेका छन्।