धनगढी, २१ वैेशाख । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ४ मा रहेको सुन्दर सामुदायिक बन उपभोक्ता समुहको आठौं साधारणसभा सप्पन्न भयको छ ।कार्यक्रम को सभापति सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष तुल्सी राम सापकोटा रहेका थिय ।
कार्यक्रमको प्रमुख अतिथिको आसन्न बाट बोल्दैब डिभिजन बन सुखड प्रमुख बिश्व राज पण्डितले भने सामुदायिक बनले महिला तथा भाबी आउने पुस्ताका लागि बन जङ्गल जोगाउनु पर्ने , सामुदायिक बनमा अपनत्व राख्नका सरकारले समुदायलाई हस्तान्तरण को अभियान ल्यायको बताए , सामुदायिक बनको अवधारणा अनुसार समुदाय को जिबिको पार्जन , आय आर्जन गर्न , नेतृत्व बिकास जस्ता कार्यहरु गर्न सकिने छ । सामुदायिक बनमा बन सङै सुशासन , आर्थिक पार्दशिदता जस्ता कुरा समुहको दायित्व पायका पदाधिकारीले गर्नु पर्छ ।
सह सचिब खेमराज सापकोटा ले घोडाघोडी ताल सङै जोडिएको सामुदायिक बन लाई केही विशेष कार्यक्रम दिनु पर्ने सामुदायिक बनमा रहेको तालको उचित मर्मत सम्भार गरेर केही आर्यआर्जन र बन्यजन्तुलाई पानी खुवाउने काम गर्नु पर्नेमा जोड दिय ।
सामुदायिक बनका सचिब करुणा रावतले आर्थिक बर्ष २०७७/२०७८को एक लाख उनसाठ्ठी हजार बराबर को आयब्यय प्रस्तुत गरेकी थियिन ।