धनगढी, २१ वैशाख । कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन्। महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलमा मृत भेटिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार होटेल सील गरिएको छ। मृत्युको कारण भने नखुलेको र अनुसन्धान भइरहेको उनले बताए। घटनापछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका बताइएको छ।