• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा क–कसको भयो उम्मेदवारी रद्द

धनगढी,१६ वैशाख ।आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उहाँको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए ।

यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं. ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)का पार्वतीदेवी भाट, वडा नं.६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।

वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिए नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिए झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन् । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र)का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी छन् ।

जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ ।

सो पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए । सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताए । १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिएका थिए ।

 

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.