• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीका उम्मेदवार घरदैलो अभियानमा जुटे

डोटी, १३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र) तथा नेकपा(एकीकृत समाजवादी)बीच जिल्लामा उम्मेदवार मनोनयनमा तालमेल भएसँगै घरदैलो अभियानमा जुटेका हुन्। नेपाली काङ्ग्रेस र नेकपा एमाले भने अलग अलग अभियान सञ्चालन गरी मतदाताको विश्वास जित्न प्रयासरत छन्। अहिले नेताहरु नागरिकका घर घर मात्र हैन खेत खेतमै पुग्न थालेको स्थानीयवासीहरु बताउँछन्।

उम्मेदवारी दर्तासँगै यहाँका नेता कार्यकर्ताहरु अहिले घरदैलो अभियान अन्तर्गत गाउँका जनतासँग प्रत्यक्ष भेटघाट गर्न थालेपछि गाउँमा चुनाबी रौनक छाएको जोरायल गाउँपालिका–२ का लोकबहादुर मल्लले बताए।

उनले भने– “विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु गाउँ गाउँमा भोट माग्न आएका छन्। अहिले यहाँका गाउँघरमा चहल पहल निकै बढेको छ।” घरदैलो अभियान लिएर आएका नेताहरुसँग यहाँका नागरिकले शिक्षा, स्वास्थ्य, सडकको मद्दालाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई आफ्नो मत दिने बताउँदै आएका छन्। बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले भने– “भाषण भन्दा पनि जनताले विकास चाहेका छन्। विकासप्रति प्रतिवद्ध उम्मेदवारलाई हामी भोट दिन्छौँ।”

यसपटक स्थानीय तहमा नयाँ अनुहार सहित युवा उम्मेदवार बढी भएकाले यहाँका स्थानीय बासिन्दा आशावादी देखिएका छन्। गाउँमा चुनावी चहलपहल बढेसँगै कामका लागि जिल्ला बाहिर तथा छिमेकी मुलुक भारत गएका यहाँका सयौँ नागरिक अहिले गाउँ फर्किन थालेको आदर्श गाउँपालिकाका स्थानीयवासी गणेश विष्टले बताए।

उनले भने–“कोरोनाको त्रास अब छैन। गाउँमा चुनावी चहलपहल बढेपछि कामका लागि जिल्ला बाहिर र छिमेकी मुलुक भारत गएकाहरु पनि भोट हाल्न गाउँ फर्किन थालेका छन्। सुनसान भएका गाउँमा चहलपहल निकै बढेको छ।”
डोटीका नौ वटै स्थानीय तहमा सोमबार उम्मेदवारी दर्ता भएसँगै नेताहरुको दौडधूप पनि बढेको हो। जिल्लाका दुई नगरपालिकासहित सात गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा तथा राष्ट्रिय जनमोर्चाका नेताहरुबाट उम्मेदवारी दर्ता भएको हो। नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले यहाँका नौ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको डोटीका प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।

नेपाली काङ्ग्रेसबाट यहाँको सबैभन्दा पुरानो नगरपालिका दीपायल सिलगढी नगरपालिकाको प्रमुख पदमा बाजी खड्का र उपप्रमुखमा कलावती महरा (साउद) को उम्मेदवारी परेको छ।

शिखर नगरपालिकाको प्रमुखमा दीर्घ बलायर, उपप्रमुखमा सुनिता रावल (जोरा), आदर्श गाउँपालिकाको अध्यक्षमा गणेश खड्का, उपाध्यक्षमा लक्ष्मी रोकाया, सायल गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी, उपाध्यक्षमा कमला ओली, केआइसिंह गाउँपालिकाको अध्यक्ष लोकेन्द्र शाही, उपाध्यक्षमा मीना विष्ट, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा डिलबहादुर बम, उपाध्यक्षमा विष्ना बम, बडिकेदार गाउँपालिकाको अध्यक्षमा भैरब साउद र उपाध्यक्षमा डम्मरी कलेल, जोरायल गाउँपालिकाको अध्यक्षमा दीपककुमार विष्ट, उपाध्यक्ष चन्द्र साउद तथा पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपति खड्काको उम्मेदवारी परेको छ।

नेकपा (एमाले) बाट दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुखमा रुपा कठायत र शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर तथा उपप्रमुखमा लक्ष्मी मल्लबाट उम्मेदवारी दर्ता भएका छन्।
यसैगरी, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, बोगटान फुड्सिलमा गाउँपालिकाको अध्यक्षमा हस्त बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम) र सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्षमा विष्ना सिंहको उम्मेदवारी परेको छ।

नेकपा (माओवादी केन्द्र)बाट दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा खगेन्द्रबहादुर साउद, उपप्रमुखमा एकीकृत समाजवादीकी ऐश्वर्या विष्ट, सायल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डबल साउद, उपाध्यक्षमा एकीकृत समाजवादीका टीका सिंह, शिखर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका सागर भट्ट तथा उपप्रमुखमा माओवादी केन्द्रका रमेश जोशी (सैपाल) को उम्मेदवारी परेको छ।

यसैगरी, बडिकेदार गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका भक्तबहादुर साउद, उपाध्यक्षमा माओवादी केन्द्रका सुशील घर्तिमगर, जोरायल गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका किरण मल्ल, उपाध्यक्षमा माओवादी केन्द्रका प्रेमा ओलीको उम्मेदवारी परेको छ। डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरी पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा उतारेका छन्।

 

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.