धनगढी, १२ वैशाख । नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।
चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्वउपाध्यक्षसमेत हुन्। नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार चयन गरेको थियो।
यस्तै एमालेले १९ वटै वडाका अध्यक्षको पनि मनोनयन दर्ता गरिरहेको छ। वडा नम्बर १ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा इश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडा अध्यक्षको टिकट पाएका छन्।
यस्तै ११ नम्बर वडामा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदिश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दिपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गरेको एमाले धनगढीका इञ्चार्ज चुडामणि भट्टले जानकारी दिए।
