धनगढी,११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।आज विहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन । साथै, उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवार हमाल नाचगानका साथ उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेको थिए । ट्राफिक चौराहाबाट ¥यालीसमेत गरिएको थियो । उनको ¥यालीमा मान्छेको सहभागिता कुनै दलकोभन्दा कम थिएन । ¥यालीमा सहभागी कतिपयले हमालकै मुखौटा लगाएका थिए ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदैं हमालले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए ।
