धनगढी, १० वैशाख । सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा व्यवसायी गोपाल हमालले भोलि धनगढी उपमहानगरपालिकाको मेयरमा मनोनय दर्ता गर्ने भएका छन्। स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले भोलि मनोनयन दर्ता गर्न लागेका हुन्।
धनगढी उपमहानगर निर्वाचन अधिकृतको कार्यालयमा भोलि बिहान ९ बजे मनोनय गर्दा गर्ने कार्यक्रम रहेको हमालको चुनाव प्रचारप्रसार समितिले जनाएको छ।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनय दर्ताको समय तोकेको छ।