• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

धनगढी,१० वैशाख । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् ।

भागबण्डा मिलाउन शुक्रबार राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि शनिबार बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले आ–आफ्नै अडान कायम राख्दा अहिलेसम्म सहमति जुट्ने संकेत नदेखिएको नेताहरूले बताएका छन् ।

‘निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि ९आइतबार० मनोनयन दर्ता गर्ने भएकाले शुक्रबार राति अबेरसम्म सहमति जुटाउन गठबन्धनको बैठक बसेको थियो तर कुनै सहमती हुुन सकेको अवस्था छैन,’ कांग्रेस सुदूरपश्चिमकी सहमहामन्त्री अम्बिका चलाउनेले  भनिन्, ‘बैठकमा सबै दलका आ–आफ्नै अडानका कारण सहमति हुुन नसकेको हो तर नेताहरू पुनः छलफलमा जुटेका छन् ।’

उनकाअनुसार शुक्रबारको बैठकमा नेताहरुबीच भागबण्डा मिलाउन अन्तिम समयसम्म प्रयास गर्ने नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा गरेर जाने सैद्धान्तिक सहमति भने भएको छ ।

कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो तर प्रदेशस्तरमा समेत सहमति हुन सकिरहेको छैन ।

माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) ले आफ्नो हैसियतभन्दा बढि भाग खोजेका कारण सहमती हुन नसकेको सत्तारुढ गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेसका नेताहरूले दाबी गरिरहेका छन् । तर माओवादी र समाजवादीका नेताहरू भने ठूलो दलका हैसियतले नेपाली कांग्रेसले आफूहरुलाई पेल्न खोजेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमका अध्यक्ष विक्रम शाहीले गठबन्धनमा आवद्ध सबै दलहरूले आवश्यकता भन्दा बढी भाग खोजेका कारणले सहमति हुन नसकेको बताएका छन् । ‘एकले अर्काको अस्तित्व स्वीकार गरेको अवस्थामा भागबण्डा सहजै मिल्ने थियो तर हामी मात्र ठूला हौं भनेपछि समस्या भइरहेको छ’ शाहीले भने, ‘गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिअनुसार हामीले भाग नपाउने अवस्था सिर्जना गरिएको छ ।’

१३ वटा स्थानीय तह रहेको कैलालीमा एकीकृत समाजवादी पार्टीले ४, नेपाली कांग्रेसले कम्तीमा पनि ८ र माओवादी केन्द्रले ४ ठाउँमा दाबी गरेकाले सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई २ वटा र माओवादी केन्द्रलाई ४ वटा स्थानीय तह दिएर आफूले ७ स्थानीय तह पाउनुुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेको छ ।

उक्त प्रस्तावमा माओवादी सकारात्मक भए पनि समाजवादीले नमानेको स्रोत बताउँछ । एकीकृत समाजवादीले अन्य जिल्लामा पनि हैसियतभन्दा बढी स्थानीय तह माग्दा गठबन्धनमा सहमति हुन नसकेको बताइएको छ । तर पनि सहमतिका लागि शनिबार अन्तिम प्रयास गर्ने नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गरेर जाने नेताहरू बताउँछन् ।

९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने दार्चुला, बझाङ, बाजुुरा र बैतडीमा तालमेल गर्ने निर्णय गरिएको छ । यी बाहेकका चार जिल्ला कैलाली, कञ्चनपुर, डोटी र अछाममा सहमति हुुन नसकेका कारण तालमेलबारेको निर्णय गर्ने जिम्मा प्रदेशलाई दिइएको थियो ।
साभार

 

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.