• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फेरि धनगढीको मेयर हुनेमा ढुक्क : नृपबहादुर वड

धनगढी, ८ वैशाख । उपमहानगरपालिका धनगढीमा मेयर पदमा कांग्रेसका तर्फबाट उम्मेदवार बनाउने भएपछि यहाँको ‘कित्ता क्लियर’ भएको छ। अर्थात् पुनः कांग्रेसबाट एक नम्बरका आकांक्षी वर्तमान मेयर नृपबहादुर वड दोहोरिने निश्चित जस्तै देखिएको छ।

बुधबार बसेको गठबन्धनको बैठकले धनगढीको मेयर कांग्रेस र उपमेयर माओवादीका तर्फबाट उम्मेदवार उठाउने सहमति भएको हो। उक्त निर्णयलाई स्वागत गर्दै मेयर वडले आफू पुनः उठ्ने पक्का भएको दाबी गरेका हुन्।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी एवं नेता आरजु राणा देउवाबाट समेत ‘ग्रिन सिग्नल’ पाइसकेका वडले सार्वजनिक कार्यक्रममै मेयर पदमा आफ्नै उम्मेदवारी दोहोरिने पक्का भइसकेको बताइरहेका थिए।

यतिबेला आफ्नो नाममा टिकट पक्का गर्न काठमाडौंमै रहेका मेयर वडले आफ्नो नाम औचारिक रूपमा घोषणा गर्न मात्रै बाँकी रहेको दाबी गरे।

‘अब निर्विकल्पजस्तै भयो। लगभग पक्का भएको छ। भोलि ९बिहीबार० बालुवाटार जाँदै छु। भोलि फाइनल होला,’ वडले बुधबार भने, ‘१० गतेसम्म उम्मेदवारको टुंगो लाग्ने कुरा छ। भोलि बालुवाटारको भेटघाटमा नाम टुंगियो भने भोलि नै धनगढी फर्किहाल्छु। म फर्कंदा ढुक्कले मेयरको उम्मेदवार लेख्न पाइहाल्नुहुन्छ।’

केन्द्रबाट आश्वासन पाएसँगै मेयर वडले यसअघि नै वडले आन्तरिक छलफल, वडा तहमा पुगेर पुगेर विभिन्न कार्यक्रम तथा भेलामा सहभागिता जनाउने क्रममा आफू दोहोरिने इच्छा व्यक्त गर्ने गरेका थिए।

पहिलो कार्यकालमा सुरु गरिएका योजनाका काम अधुरो रहेकाले दोस्रोपटक पनि आफूले अवसर पाउनुपर्ने उनको भनाइ छ।‘यो कार्यकाल अधुरो कार्यकाल भयो। यो कार्यकालमा दिलबाट काम गर्नै पाएन’, वडले भने, ‘लामो समयदेखि रिक्त स्थानीय तहको व्यवस्थापन गर्नुपर्ने एउटा पाटा थियो भएनस अढाई वर्षको कोभिड महामारी, हावाहुरी, डुबानका कारण सुरु गरेका काम अधुरै छन्। अर्को आउनेले यसलाई निरन्तरता नदिनसक्छ त्यस कारणले पनि मैले दोहोरिन जरुरी छ।’

यसपल्ट धनगढीको मेयर पदमा उम्मेदवारीका लागि कांग्रेसबाट ७ जनाले पार्टीको नगर कमिटीमा आवेदन दिएका थिए। उनीहरू कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका वडसँगै महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, महासमिति सदस्य हरिश खड्का र निवर्तमान जिल्ला सचिव पूर्ण कुँवर, नेपाल महिला संघकी धनगढी नगर अध्यक्ष जागृति बोगटी, नगर सभापति यज्ञराज उपाध्याय र नेता लक्ष्मीदत्त भट्ट हुन्।

तीमध्ये ‘हेभिवेट’ उम्मेदवारका रूपमा वड नै देखिएका हुन। वडले अरुले आकांक्षा राख्नु स्वाभाविक भए पनि पार्टीले कसले के कति योगदान गरेको छ भन्ने विचार गरेर आफूलाई टिकट दिने निश्चितजस्तै भएको दाबी गरे।

‘अरुले उम्मेदवारी दाबी गर्ने सबैको अधिकारको कुरा हो। पार्टी र हाइकमान्डले कसको के अवस्था छ बुझ्ने कुरा हो। कसको केकति पार्टीमा योगदान छ र अहिलेको क्षमता योग्यता हेर्छ’, उनले भने, ‘कोही व्यवसाय गरेर, कोही घर बसेर, कोही प्राज्ञ भएर दाबी गरेका छन्। तर धनगढीमा २४ घण्टामा १८ घण्टा हामी खटेका छौं। त्यही भएर पार्टीले मूल्यांकन गरेर मेरो पक्षमा निर्णय गर्छ भन्नेमा म ढुक्क छु।’

आरजुको साथ
प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस नेता आरजु राणा देउवाले संसदीय चुनाव लड्ने इच्छा देखाएको कैलाली क्षेत्र नम्बर ५ को महत्त्वपूर्ण हिस्सा धनगढी हो। आरजुले समेत आफूनिकट वडलाई यस क्षेत्रमा दोहोर्याउन चाहेपछि उनले टिकट पाउने सम्भावना लगभग निश्चितजस्तै भएको हो।

मेयर वड आफूलाई मेयरमा उठाउनुको धनगढीमा विकल्प नभएको र आफू र आरजुले जितेमा धनगढीको मुहार फेरिदिने दाबी गर्छन्।

‘कांग्रेसमा धनगढीमा मलाई राख्नुबाहेक विकल्प नै छैन। मैले गरेको मिहिनेत खटाइ, सबैलाई मिलाएको छु। सबैसँग सद्भाव राखेको छु। पार्टीका नेताहरुले भनेका कुराहरु शिरोधार्य गरेर अघि बढेको छु’, उनी भन्छन्, ‘मैले चुनाव जितेर आरजु राणा देउवालाई पनि जिताउन सकेँ भने धनगढीको मुहार हामी दुवै मिलेर परिवर्तन गर्न सक्छौं।’

साढे ३ वर्ष धनगढीले नियमसंगत पाउने बजेटबाहेक एक रुपैयाँ पनि नपाएका बेला कांग्रेस सरकारमा आउनेबित्तिकै आरजु राणा देउवाको पहलमा अहिले सातवटा सडकका लागि अर्बभन्दा बढी रुपैयाँको टेन्डर आह्वान गरिएको र पौने दुई अर्ब रुपैयाँ डुबान व्यवस्थापनको टेन्डरका लागि छुट्याउने तयारी गरिएको वडले बताए।

स्वतन्त्र उम्मेदवारको चुनौती
अघिल्लो निर्वाचनमा वडले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मतान्तरले हराउँदै गर्दै मेयर बनेका थिए। वडले १४ हजार ३२४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए।

त्यसबेला पराजित स्वतन्त्र उम्मेदवार तथा व्यवसायी हमाल भने बीचमा विवेकशील साझा पार्टीको प्रदेश संयोजक बने। अघिल्लो महिना मात्रै उनले धनगढीवासीले स्वतन्त्र रूपमा उठ्न सुझाव दिएको भन्दै विवेकशील साझाबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गरेका छन्।

‘दलीय व्यवस्थामा पार्टीगत रुपमा जानुपर्नेमा स्वतन्त्र उम्मेदवारीको अर्थै रहँदैन,’ हमाललाई लक्ष्य गर्दै वडले भने, ‘उहाँ स्वतन्त्र उम्मेदवार होइन। उहाँ विवेकशील साझा पार्टीको हो। पार्टी उहाँहरुको प्रचारप्रसारमा छ। भ्रम फैलाउन, जनतालाई धोका दिन स्वतन्त्र चुनाव लड्न लाग्नुभएको हो। अहिले पनि उहाँ पार्टीकै मान्छे हो। चुनाव हारे पनि जिते पनि उहाँ फेरि विवेकशील साझामै जानुहुन्छ। स्वतन्त्र उम्मेदवार भनेर धनगढीबासीका आखाँमा छारो हाल्दै हुनुहुन्छ।’

उनले गठबन्धन नहुँदा पनि आफूले धनगढीमा जित्नेमा ढुक्क रहेको दाबी गर्दै अहिले पनि धनगढीमा कांग्रेसलाई सहज रहेको जिकिर गरे।

२०४६ सालको जनआन्दोलनसँगै कांग्रेसमा आबद्ध भएका वडले २०४९ सालमा कांग्रेसका क्रियाशील सदस्यता लिएका थिए। उनी पार्टीको धनगढी नगर सदस्य र सचिव हुँदै दोस्रो कार्यकालका लागि निर्विरोध नगर सभापति रहँदै अघिल्लो चुनावबाट मेयर बनेका हुन्।

उपमेयर को ?
सत्ता गठबन्धनका दलबीच सहमतिअनुसार धनगढीको उपमेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दिन पाउनेछ। माओवादी केन्द्रको जिल्ला कमिटीले यसअघि नै मेयरमा शान्ति अधिकारी र उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।

माओवादीले मेयर नपाउने भएपछि उपमेयरका लागि सिफारिस भएकी अधिकारीले टिकट पाउने सम्भावना छ। अधिकारीले पनि आफू उपमेयरको उम्मेदवार बन्ने सम्भावना रहेको बताएकी छन्।

‘पार्टीबाट मेयरको दाबेदार हुँ। भागबन्डामा मेयर नपाएपछि अब मेरो उपमेयरमा सम्भावना हुनसक्छ’, उनले  भनिन्, ‘अहिलेसम्म नाम आधिकारिक रूपमा आएको छैन। पार्टीको केन्द्र र प्रदेश कमिटीले के भन्नुहुन्छ, त्यो अनुसारको पद मलाई स्वीकार्य छ। उपमेयरमा टिकट पाए भने पनि ममाथि न्याय पनि हुन्छ। पार्टीले अन्याय पनि नगर्ला।’साभार नेपालखबर अनलाइन

 

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.