• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा बँचेको तीनदलीय गठबन्धनमा पनि खटपट

धनगढी, ६ वैशाख । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय एक साता पनि बाँकि छैन । कैलालीमा भने गठबन्धनकै दलहरूबीच भागबण्डाको कुरा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भइरहेको छ । भागबन्डा नमिल्दा पटक–पटक भइरहेको छलफलमा पनि सहमति हुन नसकेको हो ।

केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय हुने देखिएको छ । गठबन्धनमा कुरा नमिलेको भन्दै जनता समाजवादी पार्टीले यसअघि नै छुट्टै तालमेल गर्ने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहमा दाबी गरेको छ । तर, अन्तमा आठ स्थानीय तहसम्म भए पनि सहमति गर्ने मनसायमा कांग्रेस देखिएको छ । तर, अन्य दुई दल कांग्रेसलाई आठ पालिका पनि दिन तयार छैनन् ।

उनीहरूले कांग्रेसलाई धनगढी उपमहानगरपालिका सहित पाँच पालिकाका सीमित पार्न खोजेपछि सहमति नजुटेको हो । ‘हामीलाई उहाँहरू पाँच पालिका तपाईंहरूलाई उपयुक्त हुन्छ भन्ने ढंगबाट प्रस्तुत हुनुभएको छ’ बैठकमा सहभागी कांग्रेस नेताले भने, ‘हामीले दश दाबी गरेका छौँ । ८ सम्ममा सहमति हुन सक्छ । त्योभन्दा कमको कुरा गरे गठबन्धनमा सहमति हुँदैन ।’

पटक–पटक भएका बैठकहरूमा भागबण्डामै कुरा नमिलेपछि गठबन्धनमा रहेका दलहरू पनि अब आफ्नै ढङ्गबाट निर्वाचन जान खोजिरहेको बताए ।

अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलाली गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् । यसरी निर्णय गर्नेमा यस अघि माओवादी विजयी भएको कैलारी गाउँपालिका र भजनी नगरपालिका, एमाले विजयी भएको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको छ । ती क्षेत्रमा कांग्रेस बलियो रहेको र एक्लै निर्वाचन लड्दा पनि जित सुनिश्चित भएको भन्दै गठबन्धन नगर्न दबाब आइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

‘हामीले दाबी गरेका क्षेत्रहरूमा त हामी एकल निर्वाचनमा होमिए पनि जित्ने अवस्था छ’, कांग्रेस कैलालीका उपसभापति भीम बडूवालले भने , ‘केन्द्रको नीति अनुसार गठबन्धन गर्ने कुरामा हामी सहमत छौँ । तर अधिकांश नेता कार्यकर्ताहरुले कैलालीमा कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्दै दबाब दिइरहनु भएको छ ।’

कांग्रेसबाहेक माओवादी केन्द्र र एकीकृत साजवादीले पनि कैलालीका १३ स्थानीय तह मध्ये करिब आधा दर्जन स्थानीय तहमा दाबी गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका लम्की चुहा नगरपालिका गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

कैलालीमा २०७४ सालको स्थानीय निर्वाचनमा कैलालीमा एमाले सात पालिकामा विजयी भएको थियो । ती मध्ये आफूहरुले पाँच पालिका दाबी गरेको एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले बताए । ‘हामीले पाँच पालिकाको दाबी गरिरहेका छौँ । सहमति भए चार पालिका सम्म हामी समझदारी गर्र्छौ’ उनले भने, ‘त्यो भन्दा कम भए हामीलाई मान्य हुने छैन ।’

अहिले कैलालीका १३ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका प्रमुखहरू एकीकृत समाजवादीमा छैनन् ।गोदावरी र घोडाघोडीका उपप्रमुखले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । तर, एकीकृत समाजवादीका नेता भने अहिले कैलालीका आधाभन्दा धेरै ठाउँमा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छन् ।

‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो । रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

माओवादी केन्द्रले भने कैलालीमा गठबन्धनका दलहरूबीच सहमतिको आधार बन्न कठिन रहेको जनाएको छ । कांग्रेसले ८ स्थानीय तह, एकीकृत समाजवादीले अन्तिममा ३ स्थानीय तहमा दाबी गरे पनि आफूहरूको भागमा २ स्थानीय तह मात्रै पर्ने भएको हुँदा सहमति कठिन रहेको माओवादीका कैलाली इन्चार्ज हरि ज्ञवालीले बताए ।

‘उहाँहरूले आफ्नै पार्टीलाई मात्रै धेरै भागबण्डा चाहिन्छ भन्ने ढङ्गबाट मात्रै कुरा राख्नुहुन्छ’ उनले भने ‘उहाँहरूको कुरा अनुसार त हामी कैलालीका २ स्थानीय तहमा मात्रै सीमित हुने भयौँ । यसरी तालमेल हुँदैन । ’

कैलालीमा अन्तिममा दुई दलित तालमेल पनि हुन सक्ने उनले बताए । ‘पाँच दलीय गठबन्धनमध्ये जोसँग जसरी मिल्छ त्यसरी तालमेल हुन सक्छ’ उनले भने ‘कैलालीमा दुई दलीय तालमेल पनि नहोला भन्न सकिन्न ।’

माओवादी केन्द्रले पनि आधाभन्दा धेरै क्षेत्रमा दाबी गर्दै आइरहेको छ । तर, अन्य दुई दलको दाबीले माओवादीलाई दुई पालिकामा सीमित गर्न खोजिएको उनको बुझाइ छ । माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा पनि कैलारी र भजनी गरी दुई पलिका विजयी भएको थियो ।

कैलालीमा माओवादीले यस अघि निर्वाचनमा विजयी भएको क्षेत्र र दोस्रो भएको क्षेत्रमा दाबी गरेको हो । ।घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरीगा गाउँपालिका र जानकी गाउँपालिका माओवादी केन्द्र उपविजेता भएको थियो ।साभार

 

मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.