• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घर फर्किन भारतको अनुमति पर्खिदैं व्यासी सौका समुदाय

दार्चुला, ५ वैशाख । सदरमुकाम खलङ्गामा गर्मी बढेसँगै व्यासी सौका समुदाय ‘कुञ्चा’ सर्ने तयारीमा जुटेका छन् । छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु र तिङ्करमा बसोबास गर्ने व्यासी यही वैशाख दोस्रो साता ‘कुञ्चा’ सर्ने तयारीमा छन् ।

कुञ्चा व्यासी सौका समुदायको भाषा हो । यसलाई नेपालीमा बसाइँसराइ सर्नु भनिन्छ । व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करका स्थानीय हरेक वर्ष वैशाख दोस्रो साता खलङ्गाबाट बसाइँ सर्ने गर्छन् । अहिले उनीहरुले गाउँ जानका लागि अहिले बहुयात्रा अनुमतिपत्र बनाइरहेका छन् ।

अनुमति बनाउन जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसमा भारतीय एसडिएम कार्यालयले अनुमति जारी गर्छ । यस पटक छाङ्गरु र तिङ्करका स्थानीय वैशाख १३, १४ र १५ गते बसाइँ सर्ने तयारी गरिएको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

भारतीय प्रशासनको समन्वयमा कुञ्चा सर्ने मिति तय गरिएको छ । भारतले अहिले धारचुला हुँदै कालापानीसम्मको सडकखण्ड स्तरोन्नतिको काम सँगै अघि बढाएका कारण पशुचौपायालाई समस्या हुन नदिन मिति तय गरिएको बोहराले बताए ।

अहिले छाङ्गरु र तिङ्करका अधिकांशले अनुमतिपत्रको सिफारिस लिएका छन् । जिल्ला समन्वय समितिका अनुसार ७५० जनाले अनुमतिका लागि सिफारिस लिएका छन् । शुक्रबारसम्म सीमा प्रशासन कार्यालयले साढे ५०० बढी अनुमतिको सिफारिस पठाएको नायब सुब्बा मानबहादुर खडायतले बताए ।

गाउँमा गएर खेतीपाती लगाउनुपर्ने समय भएका कारण बसाइँ सर्ने तयारीमा व्यासी जुटेका छन् । ‘गाउँमा गएर उनीहरुले आलु, फापर, कोदो, जौ, मूला तरकारीलगायत बाली लगाउनुपर्ने हुन्छ’, स्थानीय वीरेन्द्र तिङ्करीले भने, ‘खेतीपाती लगाएर स्थानीय फेरि यार्सागुम्बा सङ्कलनमा जाने गर्छन्, हाम्रा पशुचौपाया चिसोमा बस्ने गर्छन्, अहिले यता गर्मी बढेको छ ।’ चिसोमै बस्ने चौरी झुपा, घोडा, खच्चड, गाई तथा भेडाबाख्रा व्यासीले आफूसँगै गाउँ लिने गर्छन्। छाङ्गरु र तिङ्करका १६० परिवार हरेक वर्ष कुञ्चा सर्ने गरेका छन् ।

सदरमुकाम खलङ्गाबाट पाँच दिन लगाएर मात्रै व्यासको छाङ्गरु तिङ्कर पशुचौपायासहित पुगिन्छ । विगतदेखि नै यहाँका नागरिकले भारतीय भूमिको प्रयोग गर्दै बसाइँ सर्नुपर्ने बाध्यता छ ।

‘आफ्नै गाउँ जान भारतीय अनुमति र भारतीय भूमि प्रयोग गर्नुपर्छ, भारतले अनुमति र बाटो नदिने हो भने गाउँ पुग्नै सकिँदैन, गाउँ जानसमेत परनिर्भर हामी कसरी राज्यको अनूभूति गरौँ’, व्यास–१ तिङ्करका अगुवा महिला यशोदा तिङ्करीले भने । देशको सबैभन्दा चर्चा पाइरहने ठाउँ, राजनीतिकरुपमा झनै मुद्दा बनिरहने व्यास–१ का छाङ्गरु र तिङ्कर गाउँ पुग्न नेपालतिर बाटो छैन । मान्छे पैदल हिँड्नसमेत बाटो नभएपछि यहाँका दुई गाउँका नागरिक भारतीय बाटोमा निर्भर छन् ।

यहाँका दुई गाउँका नागरिक छ महिना छाङ्गरु र तिङ्कर तथा छ महिना सदरमुकाम खलङ्गा बसोबास गर्छन् । जाडो छल्न सदरमुकाम खलङ्गा झरेका व्यासी सौका समुदाय वैशाख दोस्रो साता गर्मी छल्न गाउँ उक्लिन्छन् । गाउँ जान भारतीय अनुमति लिनुपर्छ ।

‘भारत पिथौरागढको धारचुला तहशिल एसडिएम कार्यालयबाट अनुमति नपाइने हो भने गाउँ पुग्न सकिँदैन’, तिङ्करी भन्छन् । जिल्ला समन्वय समिति, सीमा प्रशासन कार्यालयको सिफारिसपछि भारतीय एसडिएम कार्यालयले व्यासको छाङ्गरु तिङ्कर जान अनुमति जारी गर्छ । त्यहीँ अनुमतिका आधारमा पशुचौपाया र मानिसको आवतजावत हुन्छ ।

उनेले बताए, ‘पहिले त दुःख पाएकै थियौँ, सङ्घीयता आयो, सिंहदरबार गाउँ पुग्दासम्म पनि गाउँ जाने घोरेटो बाटो नबन्दा सबैभन्दा पीडादायी अवस्थामा बसेका छौँ ।’ पञ्चायतकालमा बरु नेपालतिरै घोरेटो बाटो थियो । भारतीय नागरिकसमेत नेपालकै बाटो प्रयोग गर्थे। अहिले भारतले चार पाँच घण्टामै कालापानीसम्म गाडीमा पुग्ने कालोपत्र सडक बनाएको छ । ‘भारतले अहिले दुई लेन सडक विस्तार गरिरहेको छ’, टेलिकम दार्चुलाका कृष्णबहादुर गुरुङ भन्छन्, ‘हाम्रोतिर भएको गोरेटो बाटोसमेत निसाना हराएको छ ।’

गोरेटो बाटो मर्मत प्रभावकारी नहुँदा साँघुरो र जोखिमपूर्ण बाटो केही ठाउँमा छ। जुन बाटो भएर गाउँ जान पाँच दिनको समय लाग्छ । छाङ्गरुका युवा योगेश बोहरा भन्छन्, ‘हेर्दाहेर्दै जनप्रतिनिधि आएको पाँच वर्ष बितिसक्यो, छाङ्गरू र तिङ्कर जाने बाटो छैन, अझै भारत भएर जानुपर्ने अवस्था छ ।’

निर्वाचनका समयमा जहिल्यै कालापानीको एजेण्डा दलको मुख्य एजेण्डा हुन्छ । गाउँ पुग्नसमेत भारतीय अनुमति लिनुपर्ने बाध्यताले यहाँका नागरिकले अझै राज्यको अनुभूति नभएको बोहरा सुनाउछन् ।

एकातिर भारतसँग सीमा जोडिएको गाउँ हो छाङ्गरु भने चीनसँग नजिकै रहेको अर्को गाउँ तिङ्कर हो । यसबाहेक नेपालले नक्सामा समेटेका भारतीय अतिक्रमित नाबी, गुञ्जी र कुटीसम्म पुग्ने झन बाटो हुने अवस्था नै छैन ।

व्यास–१ का वडाध्यक्ष बोहरा नेपालतर्फ गोरेटोबाटो निर्माण तथा मर्मतका लागि वर्षेनी बजेट आए पनि सदुपयोग नभएको बताउछन् । दुम्लिङदेखि माथि सधैँ मर्मत हुने तर एकैवर्षमा त्यो भत्किएर जाने गरेका कारण गोरेटो बाटो सुधार हुन सकेको छैन ।

उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला सुनसान छ । व्यास–१ तिङ्कर गाउँमा अहिले कोही बस्दैनन् । जौ फापर, उवा, आलुलगायतका अन्न उत्पादन हुने हिमालको काखमा रहेको यो गाउँ सुनसान भएको छ महिना हुँदैछ ।

यहाँका स्थानीय गत कात्तिकमा हिमपात भएपछि सदरमुकाम खलङ्गा झरेका थिए । खलङ्गा झरेका तिङ्करी छ महिनापछि गाउँ जाने तयारीमा छन । ‘वैशाख दोस्रोपछि मात्रै हाम्रा गाउँका ढोका खुल्छन्’, स्थानीय वीरेन्द्र तिङ्करीले भने, ‘छ महिना ढोकामा पूरै ताला लगाएर आएका छौँ, छाङ्गरुमा गत वर्षदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना बसोबास गर्छन्, तिङ्करमा भने न सुरक्षाकर्मी न त स्थानीय नै छन्, छाङ्गरुबाटै तिङ्कर जान चारदेखि पाँच घण्टा समय लाग्छ, तिङ्करमा राज्यकै उपस्थित छ महिना मात्रै हो ।’

तिङ्करको छायालेकमा रहेको नेपाल प्रहरी अहिले छाङ्गरु झरेको छ । सशस्त्र प्रहरी तिङ्करमा बसेको छैन । बोर्डर आउट पोष्ट भवन निर्माण भए पनि सशस्त्र प्रहरी सरेको छैन । तिङ्करबाट नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पुग्न पाँचदेखि छ घण्टा समय लाग्छ ।

‘यो क्षेत्रमा अत्यधिक हिउँ जम्ने भएका कारण चोरी हुने डर पनि हुँदैन’, स्थानीय दानसिंह तिङ्करीले भने, ‘अन्य ठाउँबाट जान बाटो छैन, हिमपात हुने सबै ढोकामा चाबी लगाएर आउने गर्छौं ।’

 

सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.