• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस सुदूरपश्चिम प्रदेशको टेलिभिजन प्रचार–प्रसार समन्वय उपसमितिको संयोजकमा देउवा

धनगढी, ३ बैशाख/ सत्तारुढ नेपाली कांग्रेसले नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई कांग्रेस सुदूरपश्चिम प्रदेशको टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनकाको तयारीका लागि गठित प्रचार प्रसार समिति अन्तर्गत कांग्रेस सुदूरपश्चिम प्रदेशको टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमितिको जिम्मेवारी देउवाले पाएका हुन् ।

कैलालीको धनगढी घर भएका देउवा डेढ दशक देखी कैलालीमा पत्रकारितामा सकृय छन् । देउवाको नेतृत्वमा सुदूरपश्चिमका नौ जिल्लामा समेत सदस्य मनोनयन गरिएको छ । देउवा संयोजक रहने सुदूरपश्चिम समितिको कैलालीबाट शंकर बोहरा, कञ्चनपुरबाट महादेव अबस्थी, डडेल्धुराबाट धनबहादुर भण्डारी, डोटीबाट केशबचन्द्र महरा, अछामबाट खम्म खत्री, बैतडीबाट ईश्वर बोहरा, बझाङबाट रुपक खड्का, दार्चुलाबाट बासुदेब बडु र बाजुराबाट राजेन्द्रबहादुर रोकाय रहेका छन् ।

कांग्रेसले टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमितिको केन्द्रीय समितिको संयोजकमा अनिता बिन्दु रहेकी छन् । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार –प्रसार समिति अन्तरगत विभिन्न विधामा गठन भएका उपसमितिलाई सातै प्रदेशमा विस्तार गरिएको हो ।
उपसमितिहरुले सातै प्रदेशमा प्रदेश समन्वय तथा प्रचार–प्रसार उपसमिति गठन गरिएको हो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहेका स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगत उपसमिति गठन भएका हुन् ।

बिष्णु निष्ठुरीको संयोजकत्वमा अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, किरण पोखरेलको संयोजकत्वमा छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति, अनिता बिन्दुलाई टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति र गोपाल झालाई रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकको जिम्मेवारी दिइएको हो ।चारवटै उपसमिति मातहत सात वटै प्रदेशमा प्रदेश समन्वय तथा प्रचार–प्रसार समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.