• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा उम्मेदवार छान्नै सकस, कार्यकर्ता हिसाब किताबमै व्‍यस्त

डोटी, १ वैशाख । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सत्तारूढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन्। नेताहरू छलफलमा व्यस्त भइरहँदा कार्यकर्ताहरू भने कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउला भन्ने हिसाब किताबमा व्यस्त देखिन्छन्।

‘आफ्नो गोरूको बाह्रै टक्का’ भनेझैँ दलहरूले आ–आफ्नो दाबीलाई कुनै पनि कम्प्रोरमाइज नगरेपछि दिन प्रतिदिन बसिरहेका बैठक खासै निष्कर्षमा पुगिरहेका छैनन्।जिल्लाबाटै गठबन्धनको भागभण्डा नमिलेपछि प्रदेश गठबन्धनको संयन्त्रमा आ–आफ्नो दाबी सहितको निर्णय पठाएका छन्।

डोटीमा ९ पालिका र ६५ वडा

डोटीमा गठबन्धनको संयन्त्रमा चार दलहरूको उपस्थिति रहेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छलफलमा रहेका छन्।

डोटीमा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका गरी ९ वटा पालिका रहेका छन् भने ६५ वटा वडाहरू रहेका छन्। नेपाली कांग्रसले जिल्लाका दुई वटा नगरपालिका सहित ७ वटा पालिकाको प्रमुख र ४५ वटा वडाको वडाअध्यक्षहरू पाउनुपर्ने दाबी गरेको पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिए।

त्यसैगरी, बैठकमा नेकपा माओवादी केन्द्रले एउटा नगरपालिका सहित ४ वटा पालिकाको प्रमुख र ३४ वटा वडाको वडाअध्यक्षहरू पाउनुपर्ने दावी पेश गरेको जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए। नेकपा एकीकृत समाजबादीले दुईवटा पालिकाको नेतृत्व र १६ वटा वडाको नेतृत्वको माग दाबी गरेको बताइएको छ।

राष्ट्रिय जनमोर्चाले भने केआईसिंह गाउँपालिकाको उपाध्यक्ष र दुईवटा वडाको वडा अध्यक्ष तथा शिखर नगरपालिकाको एउटा वडाको वडा अध्यक्षको दाबी गरेको कांग्रेस सभापति सिंहले बताए।

‘हामी छलफलमै छौं, बिहीबार बिहान पनि सबै पार्टीका साथीहरूलाई बोलाएका छौं’, कांग्रेस सभापति सिंहले भने, ‘केन्द्रको नयाँ सर्कुलेसन पनि आएको छ, के कसरी हुन्छ हामी बसेर छिट्टै टुङ्गो लगाउँछौं।’

केन्द्रको गठबन्धनले सात बुँदामा रहेर सहकार्य गर्ने भनेको छ, सोही अनुसार पनि सहमती हुनसक्छ नेपाली कांग्रेस डोटीका उपसभापति विजय खड्काले बताए।

‘छलफल सकारात्मक रूपमा अगाडि बढीरहेको छ’, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कमल गड्सिलाले भने, ‘सबै पार्टीले आफ्नो दाबी प्रस्तुत गरेर प्रदेशमा पठाएका छौँ, उताबाट केही रिप्लाई आउला सोहीअनुसार अगाडि बढ्छौं र जिल्लामा पनि छलफल अगाडि बढाइरहेका छौं।’ पालिकाको प्रमुख र उपप्रमुख प्रदेशले मिलाउने भएपनि वडास्तरको जिल्लाबाटै टुङ्गो लगाउने उनले बताए।

जसपा भन्छ : जानकारी छैन

उता, गठबन्धनकै अर्को दल जसपा डोटीका पार्टी अध्यक्ष श्रीबाबु श्रेष्ठले जिल्लामा भइरहेको गठबन्धनको छलफलका विषयमका आफूलाई जानकारी नभएको बताए। ‘मलाई चुनावका विषयमा के कस्तो छलफल भइरहेको छ थाहा छैन’, श्रेष्ठले भने, ‘हामीहरू चुनावमा एक्लै जान्छौं।’

एमाले एक्लै लड्ने

स्थानीय तहको निर्वाचनमा डोटीमा नेकपा एमाले एक्लै चुनाव लड्ने भएको छ। ‘अहिलेसम्म कुनै पार्टीसँग सहकार्यको लागि छलफल अगाडि बढेको छैन’, नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले भने, ‘सत्तारूढ दलहरूका साथीहरू चुनावी गठबन्धन गर्ने भनिरहेका छन्, एमाले केन्द्रको पनि एक्लै चुनावमा जाने सर्कुलेसन छ।’

मल्लले भने, ‘अहिलेसम्म कुनै पार्टीले पनि हामीसँग सहकार्य गर्ने भन्दै प्रस्ताव ल्याएका छैनन्, हामीले पनि कसैसँग गरेका छैनौं।’ ‘पहिले गठबन्धनले के गर्छ त्यसपछि मात्रै हामी चुनावमा के कसरी जाने भनेर अगाडि बढ्छौं’ उनले भने।साभार

 

बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.