धनगढी, २३ चैत । कैलालीमा पनि हालका सत्ता गठबन्धन दलले चुनावी तालमेल गर्न सहमति जनाएका छन्। बुधवार नेपाली कांग्रेस पार्टी कार्यालय कैलालीमा बसेको ५ दलीय बैठकले केन्द्रको निर्देशन पालना गर्ने निर्णय गरेको हो।
केन्द्रीय तहमा भएको सहमति अनुसार कैलालीमा स्थानीय तहको चुनावमा मिलेर जाने सहमति भएको नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव केशव मिश्रले बताए। उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको पनि बताए।
यस्तै यहि चैत २५ गते पुनः पाँचदलीय गठनबन्धको बैठक बस्ने समेत मिश्रले जानकारी दिए। उक्त बैठकमा सबै दलले आफ्नो तयारीबारे जानकारी दिने बताइएको छ।यसअघि अछाम, कञ्चनपुर, डडेल्धुरा र डोटीमा गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको छ।
