• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा दलहरुको चुनाव लक्षित तयारी तीब्र

धनगढी, २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच चुनावी गठबन्धन गरेर जानेबारेमा यति बेला छलफल जारी छ। पाँच दलको चुनावी गठबन्धनको तयारी भइरहँदा विपक्षी नेकपा (एमाले)ले कैलालीमा विभिन्न दलसँग चुनावी गठबन्धन गर्नेबारेमा छलफल थालेको छ। नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा गठबन्धन बनाएर चुनावमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

“दलहरुको पहिलो चरणको छलफल सकारात्मक भयो”, उनले भने, “दलहरुले आ–आफ्नो साङ्गठनिक अवस्था र पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा पाएको मतको विश्लेषण अध्ययन गरेर पुनः छलफल गर्ने गरी बैठक सकिएको छ।” यही चैत २३ गते गठबन्धन दलको बैठक पुनः बस्न लागेको जनाइएको छ।

एमालेका नेता एवं धनगढी उपमहानगरपालिको प्रमुखका आकाङ्क्षी रणबहादुर चन्दले जुन दलसँग चुनावी गठबन्धन गर्न उपयुक्त र सहज हुन्छ, उसैसँग तालमेल गरेर जानुपर्छ भन्ने केन्द्रको निर्देशनअनुसार चुनावी छलफल थालिएको जानकारी दिए। “सकभर आफ्नै बलमा चुनावमा जाने तयारी एमालेको हो”, उनले भने, “एमालेले जिल्लामा पाँच दलभित्रैकै कतिपय दलका साथै नयाँ गठन भएको नागरिक उन्मुक्ति पार्टी र राप्रपासँग चुनावी गठबन्धन गर्ने विषयमा छलफल थालेको छ।”

नेकपा (माओवादी केन्द्र) का नेता रमेश धामीले जिल्लामा चुनावी गठबन्धन गर्न पाँच दलबीच एक चरणमा छलफल भई आ–आफ्नो आन्तरिक तयारी गरिरहेकाले अर्को बैठकमा थप छलफल हुने जानकारी दिए। “सकभर पाँच दलभित्रै चुनावी गठबन्धन गरेर जाने तयारी भइरहेको छ”, धामीले भने, “त्यो सम्भव नभए पाँच दलकै सहमति जुटाएर गठबन्धन बाहिरको दलसँग पनि तालमेल गरेर जान सकिन्छ।”

केन्द्रमा पाँच दलले गठबन्धन गरेर चुनावमा जाने सहमति गरे पनि वडा र जिल्ला तहमा सम्बन्धित दल समर्थित कतिपय कार्यकर्ता एवं मतदाता भने यस्तो सहमति अक्षरशः कार्यान्वयनमा लैजान भने चुनौती रहेको बताउँछन्। “जिल्लामा यस्तो सहमति नेता तहमा लागू हुन सक्ने भए पनि आम मतदातासमक्ष हुबहु कार्यान्वयन गर्न चुनौती छ”, नाम बताउन नचाहने एक राजनीतिक कार्यकर्ताले भने, “कुनै मतदातालाई उम्मेदवार मन नपर्ला, कुनैलाई दल मन नपर्ला, यस्तोमा चुनावी गठबन्धन केन्द्रका नेताले सोचे जस्तो सफल होला जस्तो देखिँदैन।”

जिल्लामा धनगढी उपमहानगरपालिकासहित १३ स्थानीय तह छन्। पाँच वर्षअघि भएको निर्वाचनमा यीमध्ये सात स्थानीय तहमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए। अहिले एमाले विभाजन भएको छ भने फोरम लोकतान्त्रिक केही वर्षअघि नै कांग्रेसमा समाहित भइसकेको छ।

एमाले विभाजन भएर गठन भएको नेकपा ९एकीकृत समाजवादी० ले वडा तहसम्म आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको छ। चुनावलाई लक्षित गरी एमाले, कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायत दलले पनि यति बेला आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएका छन्। सुदूरपश्चिम प्रदेशमा आउने स्थानीय तहको चुनावमा धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई बढी चासोका साथ लिन थालिएको छ। प्रदेशको राजधानी र व्यापारिक केन्द्रका रुपमा रहेकाले उपमहानगरको चुनावलाई बढी चासोपूर्वक हेरिन थालिएको हो। पाँच वर्षअघिको निर्वाचनमा यो उपमहानगरमा नेपाली कांग्रेस प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।

राजनीतिक दलहरुले उम्मेदवार नटुङ्ग्याउँदै यो उपमहानगरको प्रमुख पदमा एक महिनाअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमाल चुनावी प्रचारप्रसारमा अगाडि देखिएका छन्। पाँच वर्षअघिको चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल प्रमुखका विजयी कांग्रेसका उम्मेदवारसँग निकटतम प्रतिद्वन्द्वी रहेका थिए।

सोमबार, चैत २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.