• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

कर्णाली ,९ चैत्र/ प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिंचाई, नवीकरणीय उर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा जानकारी गराएका थिए।

डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका राजदुत नोना डिप्रेज नेतृत्वको टोलीले कर्णालीमा पर्यटन प्रवद्र्धन, पूर्वाधार, सडक पहुँचका साथै संघीयतापछिको कर्णालीका बारेमा चासो राखेका थिए। उनीहरुले कर्णालीको कृषि र शिक्षामा पनि सहयोग गर्ने तयारी गराएका थिए।

भेटका क्रममा मुख्यमन्त्री शाहीले युरोपियन देशहरुले कर्णालीमा हाल गरिरहेको सहयोग महत्वपूर्ण भएको बताउँदै प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि ‘६ब’ ९बाटो, बिजुली, वन, बजार, विचार र व्यवस्थापन० लाई अघि सारेको बताए। ‘बाटो, बिजुली, वन, बजार, विचार र व्यवस्थापन विना कर्णालीको विकास र समृद्धि हुँदैन्,’ उनले भने, ‘यि क्षेत्रमा कर्णालीलाई सहयोगको आवश्यकता छ।’

भेटका क्रममा मुख्यमन्त्री शाहीले संघीयता कर्णालीका लागि धेरै महत्वपूर्ण रहेको बताए। ‘स्थानीय तह चुल्होको सरकार हो, जनताका प्रत्यक्ष पिरमर्कामा यसले साथ दिन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारले त्यसलाई देख्छ भने संघ सुनिने सरकार हो।’ उनले प्रदेश तथा संघका विकास योजनाहरु चुल्होको सरकारमार्फत कार्यान्वयन गर्दा समन्वय र सहकार्य बढ्नुका साथै कार्यान्वयनमा सहजता आउने बताए।

राजदुतहरुले कर्णालीमा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँदै त्यसको विकास र प्रचार–प्रसार आवश्यक रहेको बताएका थिए। उनीहरुले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र सडक पहुँचमा प्रदेश सरकारले ध्यान दिनु आवश्यक रहेको बताए।

भेटमा डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका राजदूत डिप्रेजसँगै नेपालका लागि जर्मनीका राजदूत डा। थोमास प्रिन्स, नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओ र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ति अन्तिनेन र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठको सहभागीता रहेको थियो।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.