धनगढी,५चैत/कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलवारीमा बिभिन्न पार्टी परित्याग गरी २२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्य समितिले अयोजना गरेको घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियानका क्रममा अयोजित एक कार्यक्रममा उनिहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दल परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य जीवन राना, सूदुरपीश्चम प्रदेशका महामन्त्री नरनारायण शाह, क्षेत्रिय सभापति भिम पडाल लगायतका नेताहरुले टिका लगाई स्वागत गरेका थिए । घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान संगै होलीको शुभकामना अदान प्रदानकार्यक्रम नेपाली कांग्रेसका वडा सभापती मंगलबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
