धनगढी, ५ चैत/एमालेको भातृ संगठन नेपाल बुद्धिजीवि परिषद् कैलालीको रघुविर भट्टको अध्यक्षतामा सर्बसम्मत रुपमा जिल्ला समिति चयन भएको छ ।
शनिबार धनगढीमा भएको ७ औँ जिल्ला अधिवेशनले रघुविर भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला चयन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्ष प्रकाशबहादुर छेडाल, सचिव एकेन्द्र भण्डारी, सह–सचिव राधा विष्ट र कोषाध्यक्ष डिल्लीराज विनाडी चयन भएका छन् ।
नेपाल बुद्धिजिवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुविर भट्टको सभापतीत्वमा सम्पन्न अधिवेशनमा पुर्व मन्त्रि माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहनुभएको थियो । बिशिष्ठ अतिथी बुद्धिजिवी परिषदका केन्द्रीय हिरा चन्दको उपस्थिती रहेको कार्यक्रममा नेकपा एमाले निवार्चन विभाग सदस्य रणबहादुर चन्द , एमाले सचिव डेजी पाण्डेय लगायतको पनि उपस्थिती रहेको थियो ।