धनगढी, ३ फागुन/नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न।६ को वडा कार्यसमितिको आयोजनामा होली पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज बिहिवार बनबेहडा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न ६ का सभापति टेकबहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं गौरीगंगा नगरपालिका वडा न ६ का अध्यक्ष कमला शर्मा, नेपाली काङ्ग्रेस डोटी जिल्ला पुर्ब सचिव एकम छेडाल , नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न.४ निबर्तमान सभापति दिनेशराज जोशी , निबर्तमान महाधिवेशन प्रतिनिधि नर सिंह सार्की , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द ,गौरीगंगा नगरपालिका वडा न.१ का सभापति डबल दियाकोटी, वडा न .२ का सभापति किरन मल्ल ,बिमला बम कुवँर, लक्ष्मी कुवँर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा ६ का उपसभापति चक्र थापाले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन वडा सह-सचिव आशिष उपाध्यायले गरेका थिए ।