जोरायल ३० फागुन/नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जोरायल गापा डोटीको तरुण दलको सभापतिमा चेतराज भट्टलाई सर्बसम्मत चयन गरिएको छ ।
आईतबार घर घर जाउ कांग्रेस जिताउ भन्ने मुल नाराको साथमा भएको जोरायल गापा को वडान ४ को सिलिङबागमा भएको भेलामा तरुण दलको तदर्थ समितिलाई पुर्नगठन गरिएको हो ।
तरुण दलका सभापति किरण मल्ल काँग्रेस प्रदेश उपसभापति निर्बाचित भए पछि उक्त पदमा चेतराज भट्टलाई निर्वारोध चयन गरिएको हो । सोही भेलाबाट उपसभापति भरत बोहरा, सचिब भिम मडैलाइ चयन गरिएको नेपाली काँग्रेस डोटीका नेता दिपक बिष्टले जानकारी दिए ।