धनगढी, २९ फागुन । नवजीवन सहकारी संस्था धनगढीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।
हिजो रातीबाट मतगणना सुरु भएको थियो । हाल सम्म ६ हजार मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए ।
६ हजार मतगणनामा हालसम्म अध्यक्षका प्रत्यासी देवबहादुर बमको अग्रता कायमै रहेको छ । बमले तीन हजार ५९ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार रतनबहादुर कठायतले दुई हजार ३७६ मत प्राप्त गरेका छन् ।
