काठमाडौं,२७ फागुन ।आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेरविरूद्ध महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
देवप्रसाद गुरूङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरूको समर्थन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता भएको थियो।
संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९२० बमोजिम प्रस्ताव दर्ता भएको थियो।बैठकमा महाअभियोगबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।