काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साको वीरगन्ज पुगेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको ३३औं स्थापना दिवस उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा बिहीबार बिहान वीरगन्ज आएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
सो अवसरमा पार्टी सभापति देउवाले पर्साका कांग्रेस नेता तथा कार्यकर्तालाई चुनावलक्षित निर्देशन दिने कार्यक्रम पनि रहेको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए।