• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हेली टुरमार्फत २ सय बढी पर्यटकले गरे खप्तड अवलोकनं

काठमाडौँ, १९ फागुन । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेली टुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। उक्त हेली टुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ।

नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम तथा होटल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले उक्त हेली टुर सञ्चालनमा ल्याएको थियो।

यही फागुन १ गतेबाट सञ्चालन गरिएको हेली टुरमार्फत दुई विदेशी पर्यटक तथा २४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए।

खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडिमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्यधिक हिउँका कारण बडिमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिँदा सोचे जति पर्यटक भित्र्याउन नसकिएको आयोजक संस्थाले जनाएको छ। चिसोको समयमा सुनसानजस्तै देखिने खप्तड क्षेत्रमा यस पटक हेली टुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए।

कोरोना महामारीले दुई वर्षदेखि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रमा हेली टुर सञ्चालन गरिएपछि पर्यटक भित्र्याउनका लागि पनि निकै सहज भएको उनको भनाइ थियो। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अधिक मात्रामा पर्यटक भित्र्याउनका लागि निजी क्षेत्र तथा सरकारी क्षेत्रसँग सहकार्य गरी हेली टुरलगायतका कार्य अगाडि बढाइने बताए।

 

बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.