धनगढी,१६ फागुन । नेपाली काँग्रेस कैलालीको दिउँसो साढे २ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म १ हजार ८ सय दश मतगणनामा गरिसकेको निर्वाचन समितीले जनाएको छ। नेपाली काँग्रेस कैलालीको क्षेत्र नम्बर १, २, ३ सकेर अहिले ४ र ५ को मतगणना भईरहेको छ ।
१ हजार ८ सय दस मतगणनामा सभापतीका उम्मेदवार नारायणदत्त भट्टले ७५३ मत प्राप्त गरेका छन् भने प्रकाश बमले ८४४ मत प्राप्त गरेका छन् । यस्तै सभापतीकै अर्का उम्मेदवार रामबहादुर कलेलले १७४ मत प्राप्त गरेका छन् ।
मतगणना गर्ने सहमति भएको झण्डै ५ घण्टा ढिलो मतगणना सुरु भएको थियो ।
सभापतिको मतगणना सम्पन्न पछि मात्रै अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
२ हजार ५ सय ७६ प्रतिनिधि रहेको जिल्लामा २ हजार ४ सय ८५ ले मतदान गरेका थिए ।पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा निर्वाचन हुनेछ । निर्वाचन अधिकृत सुवेदीका अनुसार पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही फागुन १८ गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए ।