धनगढी, १३ फागुन/ डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ का नेकपा एमालेबाट जननिर्वाचित वडाध्यक्ष रामबहादुर नाम्जालीलगायत नेता कार्यकर्ता एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगर, सुदूरपश्चिम प्रदेशका अार्थिक मामिला मन्त्री तारा लामा तामाङ, डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटीको उपस्थितमा वडाध्यक्ष नाम्जालीलगायत नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्य शारदा कठायत, नेकपा एमाले बडिकेदारगाउँपालिका सचिवालय सदस्य खेम मल्ल, नेकपा एमाले बडिकेदार गाउँपालिका वडा नम्बर २ का वडा कमिटी अध्यक्ष वीरबहादुर नाम्जली, नेकपा एमाले बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा सचिव भीम मल्ल, नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी सदस्य तारा नाम्जाली बुचा, लालबहादुर साउँद, नेपाली काँग्रेस बडिकेदार गाउँपालिका कमिटी सदस्य दीपक साउँद,नेकपा माओवादी केन्द्र बडिकेदार गाउँपालिका कमिटी सदस्य रोजबहादुर मलै, नेकपा एमालेका तुलसी बगालेलगायत नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
