काठमाडौं, १२ फाल्गुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै हालतमा एमसिसी स्वीकार्न नसक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो। एमसिसीको बिषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्टियतको सवालमा दृणतापूर्वक लाग्छौँ।’
उनले अहिलेसम्म पाँच दलीय सत्ता गठबन्धन नभत्किएको बताउँदै परिस्थितीअनुसार निर्णय लिने बताए। सडक कहिलेसम्म तताउँनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आक्रोशित हुँदै भने, ‘सडक आवश्यताअनुसार तात्छ, यति मात्रै होइन। बल्छ।