धनगढी १० फागुन/। नेकपा एमाले निकट अनेरास्ववीयू धनगढी उपमहानगरपालिकाको नगर कमिटि चयन गरिएको छ ।
मंगलबार सम्पन्न भएको नगर सम्मेलनबाट नितिस जोशीको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटि चयन गरिएको अनेरास्ववीयूले जनाएको छ ।
नगर कमिटि उपाध्यक्षमा पुष्पा खड्का, सचिवमा रविन गिरी, सहसचिवमा सन्तोश भट्ट, मनमोहन जोशी र प्रदिप गिरी, कोषाध्यक्षमा दुर्गा खत्री सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा बबिन बिष्ट, मालती रोकाया, बिरेन्द्र भण्डारी, केशवसिंह धामी, धिरेन्द्र भण्डारी, बिशाल रौले, नवीन सापकोटा, जगत जोशी, लगायतका चयन भएका छन् ।