काठमाडौं, ९ फाल्गुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने रणनीति बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।देउवाले पार्टीका उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
बैठकमा एमसीसी पारित गर्न संसदमा निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ । ‘सभापतिले बोलाउनुभएको छ । मुख्यतः एमसीसी कसरी पारित गराउने भन्नेमै छलफल हुनेछ’, एक पदाधिकारीले भने ।