काठमाडौं, ९ फाल्गुन । नेकपा (एमाले) का स्थानीय जनप्रतिनिधिसहित एमाले र नेपाली कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडाअध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट पनि प्रवेश गरेको बताइएको छ । नव प्रवेशीहरूलाई प्रचण्डले खुमलटारमा एक कार्यक्रमकाबीच स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै भएको बताएका थिए ।