काठमाण्डौ ६ फागुन/चर्चित युवा नेता रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छन्।विवेकशील साझा पार्टीका पूर्वनेता रञ्जुले किसु कुइँकेलसँग आफ्नो टीकाटालो भएको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्।
एकअर्कालाई पाएकामा दुवैले खुसी व्यक्त गरेका छन्। रञ्जुले भनेकी छन्, ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरू, निकट साथीहरू र सारा ब्राह्मण्ड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं।’