काठमाडौं,५ फाल्गुन । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।
बिहीवार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरुले गठबन्धनलाई बचाउन जोड दिएको बताएका हुन्।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताए। उनले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए।
अध्यक्ष दाहालले भने, ‘हाम्रो ५ बजे मिटिङ छ। त्यसकै तयारीको रुपमा भेटघाट गरेका हौँ तीन दलको। तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ। ५ दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसीसीलाई कसरी निकास दिने भन्ने कुरा हो। आज ५ दलको बैठकमा छलफल गरेर एउटा निकास निकाल्छौँ र एउटा निकास निकाल्नेतिर नै हाम्रो जोड छ। जोड सकेसम्म गठबन्धन बचाउनेमा छ।’ अध्यक्ष दाहालले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताए।