विराटनगर २८ माघ। राप्रपाका पूर्व अध्यक्ष कमल थापाले शैद्यान्तिकरुपमा आफू अझै पनि संबैधानिक राजतन्त्रकै पक्षमा रहेको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले आफू राप्रपाबाट अलग भए पनि संबैधानिक राजतन्त्र र हिन्दु राष्टको पक्षमा रहेको बताएका हुन्।
थापाले सैद्धान्तिक रुपमा हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्रकै पक्षमा रहेको स्पष्ट पारे। ‘हिजो पनि म संबैधानिक र आलंकारिक राजतन्त्रको पक्षमा थिएँ, आज पनि छु र भोलि पनि रहनेछु’ उनले भने। नेपालको भू राजनीतिक अवस्था, नेपालको धार्मिक, सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा राजनीति भन्दा माथि उठेको साझा अभिभावकको रुपमा आलंकारिक र संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने मान्यता भए पनि पटक–पटकको घटनाक्रमबाट राजसंस्था संविधानको परिधिभित्र रहने आलंकारिक रुपमा रहने विषयमा गम्भीर प्रश्न र आशंका खडा भएकाले शैद्यान्तिक पाटो एउटा भए पनि व्यवहारिक पाटो अर्को रहेकाले आगामि दिनमा नयाँ बन्ने पार्टीका साथिहरूसँग छलफल गरेर निर्णय गर्ने थापाले बताए।
उनले भने ‘नयाँ बन्ने पार्टीमा राजतन्त्रको एजेण्डा राख्ने नराख्ने विषयमा छलफल भइरहेको छ तर, निर्णय भइसकेको छैन।’ थापाले फागुन पहिलो हप्ता नयाँ पार्टी घोषणा हुने र निर्वाचन आयोगमा दर्ता पनि गर्ने तयारी भइरहेको जानकारी दिए।
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले शैद्यान्तिकरुपमा आफू अझै पनि संबैधानिक राजतन्त्रकै पक्षमा रहेको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले आफू राप्रपाबाट अलग भए पनि संबैधानिक राजतन्त्र र हिन्दु राष्टको पक्षमा रहेको बताएका हुन्।