धनगढी माघ २०। प्रहरीले भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएको तीन लाख बढी रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
जिल्लाको भिमदत्त नगरपालिका–४, बसपार्कबाट तीन लाख १० हजार बराबरको कपडा र चप्पल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरलाई बुझाईएको प्रहरीले जनाएको छ ।
भन्सार छलीको तीन लाख बढीको सामान बरामद
भन्सार छलीको तीन लाख बढीको सामान बरामद