धनगढी, १३ माघ/धनगढीमा सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसारजिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी हवल्दारसमेत रहेका उनी आफ्नै घरमा मृत फेला परेका हुन्।कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी अनुसार उनी आफ्नै घरमा मृत फेला परेका हुन्। उनी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।
केही दिनदेखि उनी घरमा एक्लै बस्दै आएका थिए,झडिएसपी जोशीले भने, परिवारका सदस्य घर फर्किदा उनी मृत फेला परेका हुन्। मृतक जोशी, राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ थिए।झ हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा थियो। घटनाको अनुसन्धान भइरहेको उनले बताए।