बैतडी, ११ माघ । बैतडीमा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । बँदेलको आक्रमणबाट दोगडाकेदार गाउँपालिका – १ घोरडीका अन्दाजी ७७ बर्षीय मनोरथ जोशीको मृत्यु भएको हो ।
सोमबार साँझ बँदेलको अक्रमणबाट घाइते भएका जोशीको उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा सोमबार राती नै मृत्यु भएको उनका भतिजा नवीन जोशीले बताए ।सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको जंगली बँदेलको आक्रमणबाट अन्य चार ३ घाईत भएका छन ।
घाइते मध्ये स्थानीय ५० बर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ भने समान्य घाइते भएका सोही ठाउँका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ ।
